Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बुटवलमा आयोजीत बैंकिङ/बीमा/पूँजीबजार एक्सपोको तयारी पुरा

२०७५ माघ १० गते

बैंकिङ खबर। ‘वित्तीय जागरण राष्ट्रिय अभियान’ मूल नाराकासाथ बुटवलमा आयोजना गर्न लागिएको बैंकिङ/बीमा/पूँजीबजार एक्सपोको सम्पूर्ण तयारी पुरा भएको छ । ‘वित्तीय जागरण राष्ट्रिय अभियान’का संयोजक माधव निर्दोषले बुटवलमा आयोजीत पत्रकार सम्मेलनमा माघ ११ र १२ गते हुने प्रदर्शनीको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएका हुन् । एक्सपोको समुद्घाटन गभर्नर चिरन्जीबि नेपालले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । एक्सपोको उदघाटन हुन भन्दा अघि बुटवलको ट्राफिक चोकदेखि कालिका मावि सम्म -यालिको आयोजना गरिने आयोजकको भनाई छ । 

दुईदिन सम्म सञ्चालन हुने एक्सपोमा नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल धितोपत्र वोर्ड लगायत विभिन्न बैंक, बीमा कम्पनी, विकास बैंक, वित्त कम्पनी, लघुवित्त, मर्चेन्ट बैंक, धितोपत्र ब्रोकर कम्पनी, युवा स्वरोजगार कोषको सहभागिता रहने छ । 

वित्तीय सचेतना तथा बैंक र सर्वसाधारणबीचको सम्बन्ध, बीमाको पहुँच बढाउँदै पूँजी बजारमा लगानीको अवसर देखाउने र उद्यमशीलताको विकास गर्न एक्सपो फलदायी हुने विश्वास आयोजकले गरेको छ । 

बुटवलको कालिकानगरस्थित कालिका माध्यमिक विद्यालयको प्राङ्गढमा प्रदर्शनी हुने छ । प्रदर्शनीमा प्रवेश निःशुल्क गरिएको निर्दोषले बताए । एक्सपोको अवलोकन विहान १० बजेदेखि साँझ ५ बजेसम्म गर्न सकिने छ । 

एक्सपोमा गभर्नर डा. चिरंजीबि नेपाल, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल धितोपत्र वोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की लगायतको सहभागिता रहने छ । 

Ad