Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकमा जम्मा ५ अर्ब मात्रै नोट मौज्दात

२०७५ माघ १० गते

 बैंकिङ खबर ।  नेपाल राष्ट्र बैंकको ढुकुटीमा जम्मा ४ अर्ब ८५ करोड ६१ लख ३५ हजार ५ सय ४० रुपैंयाँ मात्रै रहेको छ ।  अब राष्ट्र बैंकमा जम्मा ५ अर्ब रुपैयाँमात्रै मौज्दात रहेको छ । 

नेपाल राष्ट्र बैंककको गत पुस मासान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकिङ अफिसमा रहेको नोटको मौज्दात ४ अर्ब ८५ करोड रुपैयाँ मात्रै रहेको छ ।
राष्ट्र बैंकसँग विदेशी मुद्राको मौज्दात २७ अर्ब ४० करोड रुपैयाँ छ । बैंकले विदेशी बैंकमा ५० अर्ब रुपैयाँ राखेको छ । राष्ट्र बैंकसँग सुन मौज्दात १ अर्ब ९९ करोड रुपैयाँको छ ।

बैंकले बाणिज्य बैंकलाई दिएको कर्जा र सापट रकम १८ अर्ब ३२ करोड, वित्तीय संस्थालाई ९६ करोड र अन्य कर्जा तथा सापटी रकम ५ अर्ब रुपैयाँ रहेको छ । यो बैंकसँग जम्मा सम्पति ६ खर्ब ११ अर्ब रुपैयाँको रहेको छ
 

Ad