बैंकिङ खबर। नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेहरुका लागि डलर सटहीमा कडाई गरेको छ ।
नेपाल सरकारसँग सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेश जाने नागरिकले २०० डलरसम्म मात्रै साट्न बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गरि निर्देशन दिएको हो ।
यसअघि विदेश काम गर्न जानेले बढिमा ५०० डलरसम्म सटही गर्ने पाउने व्यवस्था थियो । श्रम स्वीकृति लिएर विदेश काम गर्न जानेलाई डलरको आवस्यकता कम पर्ने भएकाले पनि सटहीको सिमा घटाएको हो ।
पछिल्लो समय अत्यधिक व्यापार घाटाका कारण भुक्तानी प्रणालीमा असन्तुलन देखिएको छ । जसले गर्दा बैदेशिक मुद्राको सञ्चय घट्दै गएको छ ।
