Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

कामना सेवा विकास बैंक र गुराँस लाईफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता

२०७५ माघ ८ गते

बैंकिङ खबर । कामना सेवा विकास बैंक र गुराँस लाईफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । बैंकास्योरेन्स सेवा आदान प्रदान गर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले हस्ताक्षर गरे । 

सम्झौता पश्चात बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६३ वटै शाखाहरुबाट सहज रुपमा गुराँस लाईफ इन्स्योरेन्सको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यवसायप्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वितहुने बैंकले जनाएको छ ।

हाल बैंकको मुलुकभर ६३ वटा शाखा तथा १७ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।