बैंकिङ खबर । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले घातक रोग सम्बन्धि नयाँ बीमा योजना ल्याएको छ । कम्पनीले क्यान्सर सहित १८ प्रकारका घातक रोगहरु विरुद्ध बीमा सुरक्षा प्रदान गर्नको लागी “एशियन क्रिटिकल केयर” पुरक करार बीमा योजना सार्वजनिक गरेको छ ।
ऐच्छिक सुविधा मार्फत बीमितले क्यान्सर, हृदयघात, मस्तिष्क घात, किड्नी फेलियर, कोमा लगायतका १८ प्रकारका घातक रोग मध्ये कुनै पनि एक घातक रोग निरुपण भएमा उपचार खर्चवापत ५० लाख रुपैयाँ सम्म भुक्तानी पाउने छन् ।
बीमा योजनाका बिशेषताहरु
१८ वटा घातक रोगविरुद्धको रक्षावरण
५० लाख सम्मको एकमुष्ठ बीमा रकम प्राप्त हुने
बीमा रकम लिन अस्पतालको बील पेश गर्नु नपर्ने
बीमाङक ५० हजारदेखि ५० लाखसम्म
प्रवेश उमेर १६ वर्षदेखि ६० वर्षसम्म


