Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

छाया सरकारको अर्थमन्त्रीमा विनोद चौधरीको दावी

२०७५ माघ ८ गते

काठमाडौं । नेकपा नेतृत्वको सरकारका हरेक मन्त्रालयको गतिविधिको निगरानी गर्न कांग्रेसले बनाउने भनेको छाया सरकारमा सांसद विनोद चौधरीदेखि उमेश श्रेष्ठसम्मले मन्त्रीको दाबी गरेका छन् । 

पार्टीका ६३ सांसदलाई इच्छाएका तीनवटा मन्त्रालय प्राथमिकताअनुसार छान्न दिएकोमा व्यापारिक पृष्ठभूमिका चौधरी र श्रेष्ठले पनि छाया मन्त्रीमा दाबेदारी पेस गरेका हुन् । प्राथमिकतामा चौधरीले अर्थ, परराष्ट्र र उद्योग तथा वाणिज्य र श्रेष्ठले शिक्षा, ऊर्जा र पर्यटन मन्त्रालयमा दाबी गरेका छन् ।

२४ पुसमा बसेको कांग्रेस संसदीय दलको बैठकले छाया सरकार गठन गर्ने निर्णय गरेको थियो । तर, १४ दिनसम्म ६३ मध्ये २८ सांसदले मात्र छाया मन्त्रीका लागि दाबी प्रस्तुत गरेका छन् । पार्टी पदाधिकारी, पूर्वपदाधिकारी, पूर्वमन्त्री, उद्योगी र व्यापारी पृष्ठभूमिका सांसदले मन्त्रीमा इच्छा जनाएका छन् । कांग्रेसले संसदीय दलको कार्यालय सिंहदबार र संसद् भवन बानेश्वरमा छाया मन्त्रीका लागि नाम टिपाउन फारम राखेको छ । नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार।

Ad