बैंकिङ खबर। नेपाल राष्ट्र बैंकले १ सय भन्दा माथिका भरतीय नोट प्रयोगमा नल्याउन पििरपत्र जारी गरेको छ । नयाँ छापिएका नोटहरु भारतमा मात्र चलाउन मिल्ने गरि छापिएको भन्दै सरकारले मन्त्रीपरिषदबाटै नोट नचल्ने निर्णय गरेको थियो । नेपाल राष्ट्र बैंकले पनि नयाँ नोटहरु भारतमा मात्र चलाउन मिल्ने गरि छापिएकाले नेपालमा चलाउन नमिल्ने बताउँदै आएको थियो ।
राष्ट्र बैंकले नेपालमा पनि भारतीय नोट चलाउन मिल्ने व्यवस्था गर्न भारतीय रिर्जव बैंकलाई पत्राचार गरेको थियो । तर कुनै जवाफ नआएपछि राष्ट्र बैंकले आइतबार एकीकृत परिपत्र, २०७५ लाई संशोधन गरि २ सय, ५ सय, १ हजार र २ हजारका नोट नेपालमा नचल्ने बताएको हो ।
भारतीय सरकारले २०१६ मै ५ सय र १ हजारका नोट हटाइसकेकाले नयाँ नोट २ सय र २ हजारको कारोबार नगर्न, साथमा नराख्न, ओसारपसार गर्न समेत नहुने गरि परिपत्र जारी गरेको हो ।
एकसय र सो भन्दा तलका नोट भने प्रचलित व्यवस्था अनुसार चलाउन सकिने राष्ट्र बैंकले जनाएको छ ।
