Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा समितिले बीमा कम्पनीको स्थलगत अनुगमनमा तिब्रता दिने 

२०७५ माघ ६ गते

बैंकिङ खबर। बीमा समितिले बीमा कम्पनीहरुको अनुुगमन गर्ने कामलाई तिब्रता दिने भएको छ । एसियन एसियन लाइफ इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स र प्रभु जनरल इन्स्योरेन्सको स्थलगतत अनुगमन गरेको हो । समितिले भदौ देखि बीमा कम्पनीहरुको स्थालगत अनुगमन थालेको थियो । तर अहिले सम्म जम्मा चारवटा कम्पनीको अनुगमन गरेको हो ।

हाल १९ वटा जीवन बीमा, २० वटा निर्जीवन बीमा कम्पनी र एउटा पुनर्बीमा गरि ४० बीमा कम्पनी सञ्चालनमा छन् । समितिले अनुगमनलाई प्रभावकारी नबनाउँदा छ महिनामा जम्मा ४ वटा कम्पनीको मात्र अनुगमन भएको छ । समितिले अब छ महिनामा बाँकी ३६ वटा कम्पनीहरुको अनुगमन गर्नुपर्ने हुन्छ । त्यसैले अब अनुगमनलाई तिब्रता दिने तयारी गरिरहेको समितिले जनाएको छ ।  

बीमा क्षेत्रमा सम्पत्ति सुद्धिकरण र संस्थागत सुशाससनमा चुनौती बढेको टिपाटिप्पणी हुँदै आएको छ । त्यसैले समितिले बीमा कम्पनीहरुको स्थलगत अनुगमन गरि आवस्यक कदम चाल्ने योजना बनाएको हो ।