January 18th, 2019

मुनाल सहकारीद्धारा कोपिला नेपाललाई आर्थिक सहयोग

बैंकिङ खबर । मुनाल बचत तथा ऋण सहकारी संस्थाले पोखरा महानगरपालिका वडा ६ लेकसाईड स्थीत  कोपिला नेपाललाई आर्थिक सहयोग प्रदान गरेको छ । संस्थाले आफ्नो दशौं वर्ष पुरा गरी एघारौं वर्षमा प्रवेश गरेको पारेर नेपाललाई आर्थिक सहयोग गरेको हो । 

संस्थाले आफ्नो  एघारौं वार्षिक उत्सवको अवसरमा एक समारोहका बिच सहकारी संस्थाका अध्यक्ष दुर्गाप्रसाद हुमागाईले कोपिला नेपालका संस्थापक अध्यक्ष तिर्थ थापा र कार्यकारी निर्देशक बिना सिलवाललाई सहयोग रकम हस्तान्तरण गरेका हुन । 

संस्थाको सामाजिक उत्तरदायीत्व अन्र्तगत कोपिला नेपालले संचालन गरेको महिला सुरक्षा घरको संचालानार्थ उक्त आर्थिक सहयोग हस्तान्तरण गरेको संस्थाका सचिब मगन लाल श्रेष्ठले बताए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]