Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

लगानी सम्मेलनमा सहभागि हुन अर्थमन्त्रीद्धारा कुटनीतिक नियोगहरुलाई आग्रह

२०७५ माघ २ गते

बैंंकिङ खबर । सरकारले चैत १५ र १६ गते आयोजना गर्न लागेको लगानी  सम्मेलनका बारेमा नेपाल स्थीति विभिन्न मुलुकका कुटनीतिक नियोगहरुलाई जानकारी गराएको छ । बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालस्थित कुटनीतिक नियोग तथा विकास साझेदारलाई सम्मेलनबारे औपचारिक जानकारी गराएका हुन् । 

सरकारले लगानी सम्मेलनका लागि विभिन्न नीतिगत तथा संरचनागत कठिनाइलाई सुधार गर्न लागेको छ । अर्थमन्त्री खतिवडाले नेपालमा लगानी गर्नका लागि कृषि, उर्जा, भौतिक पूर्वाधार, उद्योग र सूचना प्रविधि क्षेत्र रहेको जानकारी गराउँदै लगानी सम्मेलनमा सहभागि हुन आग्रह गरे । 

कुटनीतिक नियोग तथा विकास साझेदार संस्थाका प्रतिनिधिहरुले नेपालले गर्न लागेको सम्मेलन सफल बनाउन आफुहरुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । 

सरकारले अर्थमन्त्री खतिवडाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरी सम्मेलनको तयारी गरिरहेको छ । सम्मेलन अर्थ, उद्योग र परराष्ट्र मन्त्रालय तथा लगानी बोर्डको आयोजना र निजी क्षेत्रको सह–आयोजनामा हुने छ । 

सम्मेलनमा गैर–आवासीय नेपाली संघ, विश्व बैंक, एशियाली विकास बैंक, अन्तर्राष्ट्रिय वित्तिय संस्थाका प्रतिनिधि, कुटनीतिक नियोग लगायतको सहभागिता रहने छ । 

सरकारले गर्न लागेको लगानी सम्मेलन पहिलोपटक भने होइन् । दुई वर्षअघि पनि सरकारले लगानी सम्मेलन गरि १४ खर्ब रुपैयाँ लगानीको प्रतिबद्धता पाएको थियो । तर अहिले सम्म लगानी आउन सकेको छैन् । त्यसैलय अहिलेको लगानी सम्मेलनको चुनौती पनि बढेको अर्थविदहरु बताउँछन् ।
 
 

Ad