बैंकिङ खबर । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले स्वतन्त्र सञ्चालकमा रामहरी न्यौपाने लाई नियुक्त गरेको छ । मंगलबार बसेको कम्पनी संचालक समितिको १३ओं बैठकको निर्णय अनुसार न्यौपाने उक्त पदमा नियुक्त भएका हुन् ।
न्यौपानेले आगामी चार वर्षसम्मका लागि नियुक्त भएका हुन् । आगामी चार बर्षसम्म उनले कम्पनीमा उक्त पदको कार्यभार सम्हाल्नेछन् । उनले गत माघ १ गतेदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् ।


