Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमापुल लागु गर्ने विषयमा बीमा समितिमा छलफल हुँदै 

२०७५ पुष ३० गते

बैंकिङ खबर। बीमा समितिले बैदेशीक रोजगार बीमाको लागी संचालन गर्न लागेको बीमापुलको विषयमा छलफल गर्न जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतिहरुलाई बोलाएको छ । बीमापुललाई लागु गर्ने अथवा कसरी अगाडी बढाउने भन्ने विषयमा छलपल गर्न आज ३ बजे बीमा समितिले बैठक बोलाएको समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । आजको बैठकमा बीमापुल योजना लागु गर्ने मिति तय गर्ने सम्भावना रहेको उनले बताए ।

बैदेशिक रोजगारमा जानेहरु दलालहरुबाट ठगिएपछि समितिले बीमापुलको अवधारणा ल्याएको होृ ।उक्त योजनाअनुसार बीमापुलको छुट्टै काउन्टर स्थापना हुने छ । त्यस्तै  बैंक खाता पनि छुट्टै हुनेछ । बैदेशिक रोजगारीमा जानेले बैंक खातामा पैसा जम्मा गरी बीमापुलको काउन्टरमा गई बीमा गर्न सक्छ । यसरी गरीएको बीमाको प्रिमियम, कम्पनीहरुले बााडेर लिने छन् र जोखिम पनि बाँडेर बहन गर्नेछन् ।