२०७५ पुष २९ गते

दक्षिण अफ्रिकी मुलुक जिम्बाबेले नयाँ मुद्रा बनाउने

बैंकिङ खबर । दक्षिण अफ्रिकी मुलुक जिम्बाबेले नयाँ मुद्रा ल्याउने तयारी गरेको छ । यसअघि सन २००९ मा अत्यधिक मुद्रास्फीति भएको भन्दै आफ्नो मुद्रा त्यागेको जिम्बाबेले फेरि अमेरिकी डलर कमजोर हुँदा आफ्नो मुलुकको अर्थतन्त्र समेत कमजोर बनेको भन्दै आफ्नै मुद्रा बनाउने निर्णय गरेको हो । जिम्बाबेका अर्थमन्त्रीले आगामी एक वर्षमा नयाँ मुद्रा ल्याउने योजना अघि सारेको बताएका हुन् ।

जिम्बाबेले अहिले अमेरिकी डलर, बेलायती पाउन्ड तथा दक्षिण अफ्रिकी -याण्डको प्रयोग गर्दै आएको छ । अहिले जिम्बाबेसंग १५ दिनको आयात धान्ने विदेशी मुद्रा मात्र रहको त्यहाँको केन्द्रिय बैंकले बताएको छ । जसले गर्दा बजारमा डलरको कालोबजारी बढेको जिम्बाबे सरकारको बुझाई छ । अर्कोतर्फ जिम्बाबेलाई नयाँ नोट ल्याउँदा १० अर्ब डलर बराबरको विद्युतीय कोष फिर्ता गर्नुपर्ने चुनौती भने खडा हुनेछ । एजेन्सीको सहयोगमा