Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेपाल पुनर्बीमा कम्पनी र प्रभु लाइफ इन्स्योरेन्स बीच पुनर्बीमा सम्झौता 

२०७५ पुष २५ गते

बैंकिङ खबर । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड बीच पुनर्बीमा सम्झौता भएको छ । दुई कम्पनीबीच नेपाल सरकारले चालु आर्थिक वर्ष२०७५/०७६ को बजेटबाट व्यवस्था गरे बमोजिम २० प्रतिशत प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको लागि सम्झौता भएको हो ।

बुधबार आयोजित एक कार्यक्रमका बीच पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । 

उक्त व्यवस्थाले चालु आर्थिक वर्षको आरम्भदेखि नै पुनर्बीमा हुने भएको छ । यसबाट दुवै कम्पनी लाभदायी हुने विश्वास लिइएको छ ।