Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

आईएमएफको उच्च तहमा पुग्ने पहिलो महिला बनिन् ‘गीता गोपीनाथ’

२०७५ पुष २४ गते

बैंकिङ खबर । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमफ)को चिफ इकोनोमिष्टमा भारतीय मूलकी गीता गोपीनाथ नियुक्त भएकी छिन् । आइएमएफको उच्च तहमा पुग्ने उनी पहिलो महिला हुन् ।

गत हप्ता गोपीनाथले आइएमएफको चिफ इकोनोमिस्टको पद सम्हालेको बताइएको छ। हार्वड विश्वविद्यालयकी प्रोफेसर गोपीनाथले डिसेम्बर ३१ मा रिटायर्ड भएका मौरे अब्स्फिल्डको स्थानमा आइएमएफको अनुसन्धान विभागको एकोनोमिक काउन्सिलर तथा डाइरेक्टरको रुपमा  काम गर्नेछिन्।