बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई पत्राचार गर्दै बैंकलाई ब्रोकर लाइसेन्स दिन निर्देशन दिएको छ । यस सँगै लगानीकर्ताले बुझ्न् पर्ने कुरा के छ भने बैंकले नै ब्रोकर लाइसेन्स पाउने हो अथवा सहायक कम्पनी मार्फत ब्रोकर लाइसेन्स पाउने हो ।
त्यस्तै बैंकिङ कारोबार नै गर्न नपाएका ग्रामिण क्षेत्रका बासिन्दालाइ पुँजी बजार भनेको थाहा नभएको अवस्थामा पुँजी बजारमा लगानी गर्छन भन्ने सोच्नु कतिको जायज होला ? केहि बुझेका र शिक्षित भनेका मानिहरु त बजारलाई राम्रोसँग बुझ्न नसकिरहेको अवस्थामा ग्रामिण भेगका सर्वसाधारणले दास्रो बजारमा लगानी गर्न पाउँछन् र बजारमा कारोबार बढछ भनेर हल्ला गर्नु कत्तिको उचित होला ? त्यसैले बैंकले लाइसेन्स पाउँदैमा बजार बढ्छ भनेर सोच्नु भन्दा पनि लगानीकर्तालाई कारोबार गर्न सहज हुन्छ भनेर सोच्नु पर्ने हुन्छ ।
विश्लेषक के भन्छन्
नेपालमा सबै चिज बैंकलाइ दिँदा विश्वसनीय हुन्छ भन्ने धारणा छ । बैंकलाई ब्रोकरको लाइसेन्स दिँदा मार्केटमा तरलता प्रवाह गर्ने निकायले नै ब्रोकरको कारोबार गर्दा लगानीकर्तालाइ केहि सहज हुन्छ भन्ने कुरा हो । तर बैंकहरुले सिधै ब्रोकरको काम गर्ने नभई सहायक कम्पनीमार्फत ब्रोकरको काम गर्नु पर्ने हुन्छ । बैंकको सहायक कम्पनीले लाईसेन्स पाउँदैमा बैंकको सम्पुर्ण शाखा बाट ब्रोकर सेवा उपलब्ध हुन्छ कि हुँदैन भने प्रश्न मुख्य हो ।
यसमा नेपाल राष्ट्र बैंकले पनि स्पष्ट निर्देशन दिनु पर्ने हुन्छ । बैंकको सहायक कम्पनीको रुपमा ब्रोकर लाइसेन्स पाएपछि मुख्य कम्पनीले आफ्नो सम्पु्र्ण शाखाबाट ब्रोकरको काम गर्छन् कि गर्दैनन् भन्ने कुरा अहिले अस्पष्ट रहेको छ । ब्यक्ति अथवा प्राइभेट संस्थालाई नदिएर बैंकको सहायक कम्पनीलाई मात्र दिनुको कारण के होे ? अहिले सहायक कम्पनीमा सबैभन्दा धेरै १० करोड पुँजी रहेको छ । सहायकलाई दिने भनेकोमा यदि प्रााईभेटले पनि १० करोड पुँजी लीएर आएमा ब्रोकर लाइसेन्स पाउने कि नपाउने अर्को प्रश्न आउन सक्छ ।
यस्ता विषयले सेयर बजारलाई विवादमा पारिरहेको हुन्छ । राष्ट्र बैंकले सहायक कम्पनीले आफ्नो मुख्य कम्पनीसँग भएको पुँजी पनि बजारको तरलताको लागी प्रयोग गर्न पाउँछ कि पाउँदैन भन्ने प्रष्ट पारेको छैन । यो कुरा प्रष्ट नभईकन बैंकलाई ब्रोकर लाइसेन्स दिँदैमा वा नदिँदैमा खासै ठुलो अर्थ राख्दैन । बजारमा पनि प्रभाव पार्दैन । सेयर विश्लेषक रुक्मागत काफ्ले भन्छन् बैंकलाई ब्रोकर दिदैमा बजारमा सुधार भयो भन्ने सोच्नु गलत हो । यसले बजार परिसूचक बढाउन भन्दा पनि बजारको पहुँच सर्वसाधारण सम्म पु¥याउन सहयोग गर्छ ।
काफ्ले भन्नछन् हामीलाई सबैंको पहुँच चाहिएको हो । देशभर रहेका नागरीकले जुनसुकै बेलापनि सेयर खरीद तथा विक्री गर्न पाउन् । साथै सेयर खरिदविक्रीपछि राफसाफको राम्रो प्रवन्ध होस । जुन काम बैंकलाई ब्रोकरको काम गर्न दिदा सहज हुन्छ भन्ने हो । तर यसमा सिडिएससीले पनि आफ्नो प्रणालीमा सुधार गर्नु पर्छ । हाम्रो बैंकिङ क्षेत्रको पहुँच देशभरी विस्तार हुँदै गएकाले सर्वसाधारण लगाीकर्ताले फाइदा पुग्छ भन्ने बुझाईमा माग गरेको देखिन्छ ।
यस्तो विषयमा टेक्नीकल कुरा स्पस्ट नभईकन काम सुरु गर्दा प्रक्रिया लामो हुने र थप अस्पस्टता देखिने हुन्छ । अहिले काम गरीरहेका ब्रोकरहरुलाई अवरोध आउँछ कि भन्ने चिन्ताको विषय पनि मुख्य छ । उनि भन्छन् बैंकलाई लाइसेनस दिँदा राम्रौ हुन्छ तर टेक्नीकल कुरामा पहिले नै स्पस्ट हुन जरुरी छ । यदि त्यस्तो नभएमा भोलीका दिनमा मेनुपुलेसनको सम्भावना झनै बढि हुनसक्छ । किनकि बैंकसँग ठुलो मात्रमा पैसा हुन्छ । अहिले पनि दोस्रो बजारमा बजारको मेनुपुलेसन गर्न बैंकिङ प्रणालीलाई नै प्रयोग गरेको देखिन्छ । बजारमा कुनै दिन एक अर्बको कारोबार हुन्छ, कुनै दिन तिन अर्बको कारोबार हुन्छ, भने कुनै दिन १५ करोडको मात्र कारोबार हुन्छ ।
हाम्रो कारेबारमा यति धेरै फरक आउनुको कारण बैकिङ च्यानलको पैसा प्रयोग भएर नै हो । बजार मेनुपुलेसनको सम्भावना हुँदा हुँदै नियामक निकायहरुले आफ्नो भुमिका निवार्ह गर्न नसककेको अवस्थामा वाणिज्य बैंकलाई लाइसेन्स दिदा थप जोखिम बढन सक्छ । यस्तो अवस्थामा नियमन कमजोर हुँदा तिहरुसँग भएको निक्षेप र आफ्नो पुँजी बजारमा बढि मेनुपुलेट गर्न ठुला खेलाडीहरुले अथवा बैंककै सहायक कम्पनीहरु आफ्ैले नै भुमिका खेल्न सक्छन् । यसरी मेनुपुलेसन सुरु भयो भने साना लगाीकर्ता झनै ठगीने स्थिति आउन सक्छ । यस्ता लुकेका केहि तथ्यहरु रहेका छन् । ठुला कम्पनीलाइ लाइसेनस दिँदै गर्दा त्यस्ता कम्पनीलाई कसरी नियमन गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिनु पर्ने हुन्छ ।
के भन्छन् लगानीकर्ता
लगानीकर्ता चाहन्छन नेपालको अधिकांस क्षेत्र जुन ठाउँमा बैंकिङ पहुँच पुगेको छ त्यहाँबाट दोस्रो बजारमा सेयर कारोबार होस् । सबै सर्वसाधारणले शेयरको किनबेच गर्न पाउन । बैंकहरुले उपत्यकामा मात्र नभएर जहाँ ब्रोकरहरुको पहुँच पुगेको छैन त्यस्तो क्षेत्रमा काम गर्ने छन् । बैंकलाई लाइसेन्स दियो भने सबै ठाउँमा सेयर ब्रोकरको पहुँच पुग्छ भन्नेमा लगानीकर्ता ढुक्क भएको बताउँछन सेयर बजार लगानीक्र्ता संघका अध्यक्ष उत्तम अर्याल ।
उनी भन्छन, “अहिले सम्म बाटो नै बनेको थिएन अब बैंकहरुलाई लाइसेन्स दिेने बाटो खुल्ला भएको छ यो सकारात्मक पक्ष हो तर बैंकको सहायक कम्पनीले लाइसेन्स पाउने भएकाले सहायक कम्पनीको काम बैंकका शाखाले गर्छन् कि गर्दैन् भन्ने कुरा पनि उब्जिएको छ ।” पहिला लाइसेन्स पाएपछि मात्र बैंकले सेवा विस्तार गर्ला भन्नेमा उनी विश्वस्त छन् । अहिले भनेको बैंकलाई ब्रोकर लाइसेन्स दिनु नै ठुलो उपल्ब्धी हो ।