Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सेयर खरिद विक्री बापतको रकम राफसाफ प्रभु बैंकबाटै गर्न सकिने

२०७५ पुष १८ गते

बैंकिङ खबर । प्रभु बैंक लिमिटेडले अनलाईन ट्रेडिङ बचत खाता सञ्चालनमा ल्याएको छ । नेपाल स्टक एक्स्चेञ्ज लिमिटेडले प्रभु बैंकलाई स्वचालित अनलाईन कारोबारको राफसाफ बैंकको रुपमा तोकेको छ । जसअनुसार, प्रभु बैंकमा खाता हुने लगानीकर्ताहरुले स्वचालित प्रणालीबाट अनलाईन सेयर कारोबार गरी सेयर खरिद विक्री बापतको रकम रकमान्तर तथा राफसाफ गर्दा सेयर दलाल तथा बैंकसम्म पुग्नु नपर्ने गरी बैंकले सुविधायुक्त बचत खाता संचालनमा ल्याएको हो । 

बैंकले अनलाईन ट्रेडिङ बचत खाताबाट लगानीकर्ताहरुले घरमै बसीबसी सजिलै स्वचालित अनलाईन सेयर कारोबार गर्न तथा सेयर खरिद विक्री बापतको रकम राफसाफ गर्न सक्नेछन् । बैंकले सञ्चालनमा ल्याएको प्रभु अनलाईन ट्रेडिङ बचत खाता खोली कारोबार गर्ने लगानीकर्तालाई प्रभु बैंकबाट निःशुल्क ई बैंकिङ  सेवा उपलब्ध हुनेछ । 

बैंकले संचालनमा ल्याएको अनलाईन ट्रेडिङ बचत खाताबाट स्वचालित प्रणाली अन्तर्गत अनलाईन सेयर कारोबार गर्न चाहने  लगानीकर्ताहरुलाई सेयर कारोबार गर्न सहजता प्राप्त हुनुका साथै नेपालको पूँजीबजारको विकासमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ । 

Ad