Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

जनता बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

२०७५ पुष १८ गते

बैंकिङ खबर । जनता बैंक लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबिच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेललले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

सम्झौता पश्चात ग्राहकहरुले जनता बैंकको १२८ वटा बैंकिङ कार्यलय मार्फत जिवन बीमा गर्न, बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायतका सेवा  प्राप्त गर्न सक्नेछन् ।