Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सिन्धु विकास बैंक र प्रभु इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

२०७५ पुष १८ गते

बैंकिङ खबर । सिन्धु विकास  बैंक लिमिटेड र प्रभु इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवा सम्वन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशी र  इन्स्योरेन्सका  तर्फबाट प्रमुख कार्यकारी अधिकृत संचित बज्रचार्यले हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात सिन्धु बिकास बैंकका सम्पूर्ण ग्राहकहरुले प्रभु इन्स्योरेन्सका बीमालेखहरु लिन, बीमाशुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानीका सम्पुर्ण  सेवा प्राप्त गर्न सक्नेछन ।