बैंकिङ खबर । नेपाल राष्ट्र बैंकको असोज मसान्त सम्मको तथ्याङ अनुसार नेपालमा २४ वटा ‘ग’ वर्गका वित्तीय संस्थाहरु अर्थात फाइनान्स कम्पनीहरु संचालनमा रहेका छन् । तीमध्ये तीन वटा क्षेत्रीय स्तका र २१ वटा राष्ट्रिय स्तरका रहेका छन् । नेपाल राष्ट्र बैंकले हालै मात्र निर्देशिका जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई संघिय मोडलमा जान निर्देशन दिएको छ । क्षेत्रीय स्तरमा रहेका फाइनान्स कम्पनीहरुले ८० करोड चुक्ता पुँजी पुर्याए राष्ट्रिय स्तरको बन्न सक्ने र ५० करोड चुक्ता पुँजी पुर्याए प्रदेश स्तरको बन्न सक्ने नेपाल राष्ट्र बैंकले दुबै बाटो खुल्ला गरेको हो । साथै, राष्ट्र बैंकले पुँजी बृद्धि गर्दा प्राप्ति वा मजर्रलाई प्राथमिकतामा राख्न पनि निर्देशन दिएको छ ।
२४ वाट फाइनान्स कम्पनीहरुमध्ये कुन प्रदेश स्तरको र कुन राष्ट्रिय स्तरको बन्दै छ । साथै कुनको चुक्ता पुँजी कति रहेको छ । हेर्नुहोस विस्तृतमा :
एकदेखि तीन जिल्ला कार्यक्षेत्र भएको सिर्जना र जानकी फाइनान्स कम्पनी गरि दुई वटा फाइनान्स कम्पनीहरु रहेका छन् । यी दुई फाइनान्स कम्पनीमध्ये जानकी फाइनान्सको चुक्ता पुँजी ४० करोड रहेको छ भने प्रदेश स्तरको फाइनान्स बन्नको लागि आबश्यक पर्ने ५० करोड पुँजी पुर्याउन सक्षम देखीन्छ ।
एकदेखि तीन जिल्ला कार्यक्षेत्र भएको अर्को फाइनान्स सिर्जना फाइनान्सको पनि अहिलेको चुँक्ता पुँजी ४० करोड रहेको छ । फाइनान्सको हाल कायम रहेको चुक्ता पुँजीको २४.५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरिसककेको छ । उक्त बोनस सेयर पारित भएपछि फाइनान्सको पुँजी प्रादेशीक स्तरको हुनको लागी आवाश्यक ५० करोड पुग्ने छ । उक्त फाइनान्सले प्रादेशीक स्तरको नभई राष्ट्रिय स्तरको संस्था बन्ने लक्ष लिएर अगाडी बढेको संस्थाका प्रमुख कार्यकारी अधिकृत भवानि शंकर चापागाईले जानकारी दिए । फाइनान्सको बोनस सेयर पारित े पश्चात् कायम रहने चुक्ता पुँजीे १० बराबर ६ प्रतिशतका दरले हकप्रद सेयर निष्काशन गर्ने तयारी गरेको छ । उक्त बोनस र हकप्रद सेयर वितरण पश्चात् यस फाइनान्स राष्ट्रिय स्तरको फाइनान्स बन्न सक्ने अवस्थामा पुग्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत भवानि शंकर चापागाईले बताए ।
क्षेत्रीय स्तरको फाइनान्समध्ये एक जिल्ला मात्र कार्यक्षेत्र भएकोे मल्टीपर्पाेज फाइनान्स रहेको छ । उक्त फाइनान्सले प्रदेश स्तरको बन्नको लागी आवश्यक पुँजी पुर्याउन एक बराबर ८.६४ प्रतिशतको दरले हकप्रद शेयर निष्काशन गर्नको लागी नेपाल धितोपत्र बोर्डमा अनुपति माग गरेको छ । उक्त शेयर निष्काशन पश्चात् मल्टीपर्पाेज फाइनान्सले पनि प्रदेश स्तरको बन्नको लागि आवाश्यक पुँजी पुर्याउन सक्ने देखीन्छ । तर मल्टीपर्पोज फाइनान्सको हकप्रद निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको सात महिना भन्दा बढि समय भइसक्दा पनि अझै सम्म अनुमति प्रात्त गर्न सकको छैन । उक्त हकप्रद सेयर निष्काष्नको लागि अनुमति नपाएमा यस फाइनान्सले पुँजी पुर्याउन सक्ने अवस्था देखिदैन ।
चुक्ता पुँजी पुर्याएका १० फाइनान्स कम्पनी
नेपालमा हाल राष्ट्रिय स्तरका २१ वटा फाइनान्स कम्पनी संचालनमा रहेका छन् । २१ वटा फाइनान्स कम्पनीमध्ये १० वटा फाइनान्सले मात्र राष्ट्रिय स्तरको हुन आवाश्यक पुँजी पुर्याएका छन् । तोकिएको चुक्ता पुँजी पुर्याएका १० वटा फाइनान्स कम्पनीको पुँजी क्रमश ः गुडविल फाइनान्सको ८० करोड , यूनाईटेड फाइनान्सको ८० करोड, पोखरा फाइनान्सको ८१ करोड, क्यापीटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको ९३ करोड, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको ८० करोड, आइसिएफसि फाइनान्सको ८८ करोड, मञ्जुश्री फाइनान्सको ८० करोड, गोखार्ज फाइनान्सको ८६ करोड, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ८० करोड र सेन्ट्रल फाइनान्सको ८० करोड रहेको छ ।
चुक्ता पुँजी पुर्याउन सक्ने सम्भावना भएका फाइनान्स कम्पनीहरु
केहि फाइनान्स कम्पनीले भने राष्ट्रिय स्तरको हुन आवाश्यक पर्ने पुँजी सहज रुपमा पुर्याउन सक्ने देखिएको छ । ती फाइनान्स कम्पनीहरुमा बेस्ट फाइनान्सको ७७ करोड, रिलायन्स फाइनान्सको ७२ करोड र जेबिल्स फाइनान्सको ५७ कारोड चुक्ता पुँजी रहको छ ।
आठ कम्पनीको अवस्था नाजुक
आठ वटा फाइनान्स कम्पनीको चुक्ता पुँजीको अवस्था अत्यन्त कमजोर रहेको छ । आठ वटा कम्पनीहरुको चुक्ता पुँजीमा क्रमश : नेपाल फाइनान्सको १३ करोड, नेपाल शेयर मार्केट्स एण्ड फाइनान्सको २३ करोड, ललितपुर फाइनान्सको २३ करोड, प्रोग्रेसिभ फाइनान्सको २१ करोड, हाथवे फाइनान्सको ३० करोड, वल्र्ड मर्चेन्ट बैकिङ एण्ड फाइनान्सको १८ करोड, क्रिष्टल फाइनान्सको सात करोड र सिटि एक्सप्रेस फाइनान्सको १५ करोड रहेका छ ।
दुई वटा फाइनान्स कम्पनी भने खारेजीको प्रक्रियामा रहेका छन् । खारेजीको प्रक्रियामा रहको फाइनान्सहरु हिमालय फाइनान्स र सम्झना फाइनान्स हन् ।