बैंकिङ खबर । गरिमा विकास बैंक शाखा विस्तारमा आक्रामक रुपमा अगाडी बढेको छ । सुरुमा पुर्वका जिल्लाहरुमा शाखा विस्तार गर्दै आएको बैंक हाल देशको पश्चिम क्षेत्रमा विस्तचारित हुने क्रममा छ । बैंकले हालै पश्चिममा बाँके जिल्लाको नेपालगञ्ज, दाङको घोराहि र कैलालीको धनगढीमा शाखा विस्तार गरिसकेको छ ।
बैंकले केहि समय अगाडी मात्र रुपन्देहिको योगीकुटी र पोखराको बुद्धचोक तथा पुर्वमा झापाको दमक, विर्तामोड, बुधबारे र बनियाँनी, मोरङको विराटनगर, विराटचोक रटंकिसिनवारी, सुनसरीको इटहरी र धरान गरेर ११ वटा शाखा विस्तार गरिसकेको छ ।
तीन जिल्ले विकास बैंकको रुपमा २०६४ सालमा स्याङजा जिल्लामा केन्द्रिय कार्यलय राखेर कारोबार सुरु गरेको बैंकले निलगीरी विकास बैंकलाई गाभेपछि २०७२ सा राष्ट्रिय स्तरको विकास बैंक बन्न सफल भएको हो । त्यसपछि सुभेक्षा विकास बैंकलाई पनि गाभेको थियो । बैंकले स्याङ्जामा रहेको केन्द्रिय कार्यलयलाई पोखरा हुँदै २०७३ सालमा काठमाडौंको लाजीम्पाटमा स्थानान्तरण गरेको हो । बैंकले पुर्व देखी पश्चिम सम्म आफ्नो शाखा विस्तार गरि सेवा विस्तारलाई प्राथमिकतामा राखेर अगाडी बढ्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द्र प्रसाद ढकालले बताए ।
हाल बैंकले ६६ शाखा कार्यलय र १५ वटा एटीएम मार्फत ग्राहकवर्गहरुलाई विभिन्न बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले छिट्टैनै पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङको तुल्सीपुर, बांकेको कोहलपूर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा समेत शाखा कार्यालय खोल्ने योजना बनाएको ढकालले जानकारी दिए ।
बैंकले चालु आर्थिक बर्षको प्रथम त्रैमासमा नौ करोड १८ लाख ५८ हजार खुद मुनाफा आर्जन गर्न सफल भएको छ । त्यस्तै बैंकले उक्त अवधिमा २२ अर्ब ८८ करोड ३५ लाख ४७ हजार निक्षेप संकलन गरी २० अर्ब ८१ करोड ३३ लाख ३६ हजार कर्जा लगानी गरेको छ ।बैंकको कार्तिक ससान्त सम्मको आधार ब्याजदर १२.०९ प्रतिशत रहेको छ भने स्प्रेट रेट ६.०१ प्रतिशत रहेको छ ।