Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कागजात बुझाएको भोलीपल्टै ज्योती विकास बैंकले ६५ % सम्म सेयर धितो कर्जा दिने

२०७५ पुष १२ गते

बैंकिङ खबर । ज्योती विकास बैंकले ६५ प्रतिशतसम्म सेयर धितो कर्जा दिने भएको छ । नेपाल राष्ट्र बैंकले प्राथमिक पुँजीको ४० प्रतिशतसम्म सेयरमा लगानी गर्न पाउने तथा सेयर धितोको ६५ प्रतिशत सम्म ऋण लगानी गर्न मिल्ने ब्यवस्था गरेको छ । कागजात पुरा गरेको  धितोमा ६५ प्रतिशत कर्जा प्रबाह साथै प्राथमिक पुँजिको ४० प्रतिशत सम्म गर्न सकिने ब्यवस्थासहितको निर्देशन राष्ट्र बैंकले दिएपछि ज्योति बिकास बैंकले सबैभन्दा अगाडि यस्तो कर्जाको बिज्ञापन गरेको हो ।

शेयर धितोमा कर्जा प्रबाहका लागि अग्रणी रुपमा देखा परेको बैंकले आफ्नो प्राथमिक पूँजीको ४० प्रतिशत रकम शेयर धितो कर्जा वापत प्रबाह गर्न पाउने भएपछि थप उत्साहित बन्दै बिज्ञापन गरेको ज्योती विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले जानकारी दिए ।  यसअघि प्राथमिक पूँजीको २५ प्रतिशतसम्मको सिमा कायम हुँदा बैंकले शेयर धितो कर्जा प्रबाह बन्द गरेको थियो ।

बैंकले आबश्यक कागजपत्र बुझाएको एकै दिनमा सेयर धितो कर्जा प्रबाह गर्न पाउने छ । उक्त सेयर धितो कर्जा एक बर्ष समयअवधिका लागि लागू हुने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिए । 

हाल बैंकले काठमाडांै र पोखराका शाखाहरुबाट शेयर धितो कर्जा प्रबाह गर्ने जनाएको छ । आधार व्याजदर १२. ४६ प्रतिशत रहेको बैंकको उक्त सेयर धितो कर्जाको ब्याजदर १३.५ प्रतिशतदेखि १४.५ प्रतिशतसम्म हुने बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए ।  
 

Ad