बैंकिङ खबर । चार वटा बैंकमा रोजगारीको अवसर खुलेको छ । एभरेष्ट बैंक, गरिमा विकास बैंक, नेपाल एसबिआई बैंक र ज्योती विकास बैकले गरी ती सयभन्दा बढि कर्मचारीको माग गरेको छ ।
ज्योती विकास बैंकले विभिन्न पदका लागि कर्मचारीहरुको माग गरेको छ । बैंकले २० जना शाखा प्रबन्धक, २० जना रिलेसनसिप म्यानेजर, एकजना ट्रेनिङ अफिसर र एकजना एक्जुकेटिभ सेक्रेटरी माग गरेको छ ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले पुष २५ गतेसम्म आवदेन दिन सक्ने बैंकले जनाएको छ ।
नेपाल एसबिआई बैंकले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले जुनियर एसिस्टेन्ट पदका लागि काठमाडौभित्र र बाहिरका विभिन्न शाखाहरुका लागि समेत गरी २२७ जना कर्मचारीको माग गरेको हो ।
कम्तिमा व्यवस्थापन संकायमा स्नातक गरेको हुनुपर्ने छ । बैंकले अनुभव नभएकाको लागि पनि बैंकमा जागिर खाने अवसर दिएको छ । तर अनुभव भएकालाई विषेश प्रथामिकता दिने बैंकले जनाएको छ ।
ईच्छुक तथा योग्ता पुगेका नेपाली नागरिकहरुले जनवारी नौ भित्र दरखास्त दिईसक्नुपर्ने छ ।
गरिमा विकास बैंकमा जागीर खुलेको छ । बैंकले केही संख्या एसिस्टेन्ट लेभलमा कर्मचारी मागेको छ । १८देखि २५ वर्ष उमेर समूहका प्लस दुई उतीर्ण र दुई बर्षको कार्यअनुभव भएका र साथमा ड्राइभिङ लाइसेन्स पनि भएका नेपाली नागरिकलाई २ जनवरीभित्र एप्लाई गर्न आह्वान गरिएको छ ।
एभरेष्ट बैंकले केही संख्यामा जुनियर एसिस्टेन्ट माग गरको छ । कम्तीमा ४५ प्रतिशत प्राप्तांकसहित स्नातक उतीर्ण गरेका वा सोसरहको शैक्षिक योग्यता हासिल गरेका र उमेर २८ वर्ष ननाघेका व्यक्तिलाई ३१ डिसेम्बरभित्र एप्लाई गर्न आह्वान गरिएको छ ।
