बैंकिङ खबर । मुलुक संघीयतामा गइसकेपछि ७५३ वटै स्थानीय तहमा वाणिज्य बैंक पुर्याउने सकारी योजना अनुसार अब ६५ स्थानीय तहमा वाणिज्य बैंक पुग्न बाँकी रहेको नेपाल राष्ट्र बैंकले बताएको छ । नेपालमा रहेका कुल ७७ जिल्लामध्ये ३४ जिल्लाका ६५ स्थानीय तहमा वाणिज्य बैंक पुग्न बाँकी रहेको हो । हेर्नुहोस् वाणिज्य बैंक पुग्न बाँकी स्थानीय तहहरुः
प्रदेश नं १
कुल १४ वटा जिल्ला र १३७ स्थानीय तह रहेको प्रदेश नं. १ को आठ वटा जिल्लाको १७ स्थानीय तहमा वाण्ज्यि बैंकको शाखा पुग्न बाँकी रहेको छ ।
प्रदेश नं. २
मध्य तराइको आठ वटा मात्र जिल्ला रहेको प्रदेश नं. २ को कुल १३६ स्थानीय तह मध्ये ३ वटा जिल्लाको ति वटा नै स्थानीय तहमा वाणिज्य बैंक पुग्न बाँकी रहेको छ ।
प्रदेश नं. ३
संघीय राजधानी काठमाडौंसहित भित्री मधेसको ३ जिल्ला र अन्य पहाडी जिल्ला गरी १३ वटा जिल्लाको ११९ स्थानीय तह रहेको प्रदेश नं. ३ को चार वटा जिल्लाको सात वटा स्थानीय तहमा वाणिज्य बैंककको शाखा पुग्न बाँकी रहेको छ ।
गण्डकी प्रदेश
११ जिल्ला र ८५ स्थानीय तह रहेको गण्डकी प्रदेशको दुई वटा जिल्लाको तिन वटा स्थानीय तहमा वाणिज्य बैंक पुग्न बाँकी रहेको छ ।
प्रदेश नं.५
१२ वटा जिल्ला र १०९ वटा स्थानीय तह रहेको प्रदेश नं. ५ को दुई जिल्लाको दुई वटा नै स्थानीय तहमा वाणिज्य बैंक पुगेका छैनन् ।
कर्णाली प्रदेश
विकट जिल्लाको प्रदेशको रुमा रहेको कर्णलि प्रदेशमा १० जिल्ला र ७९ स्थानीय तह रहेका छन् ।कर्णाली प्रदेशका आठ वटा जिल्लाको १७ स्थानीय तहमा अझै पनि वाणिज्य बैंक पुग्न सकेका छैनन् ।
सुदुरपश्चिम प्रदेश
सुदुरपश्चिमको ९ वटा जिल्लाको ८८स्थानीय तह रहेको सुदुरपश्चिम प्रदेशको सात वटा जिल्लाको १६ वटा स्थानीय तहमा वाणिज्य बैंकको उपस्थिती रहेको छैन ।