Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

संचयकोषका बचतकर्ताको पुनर्बिमा स्वदेशमै हुने

२०७५ पुष १० गते

बैंकिङ खबर । कर्मचारी संचय कोषका बचतकर्ताहरुले वार्षिक एक लाख रुपैयाँसम्मको औषधोपचार र १० लाख रुपैयाँसम्मको घातक रोगको उपचारको लागि पुनर्बिमा सुविधा स्वदेशमा नै पाउने भएका छन् । यससम्बन्धमा राष्ट्रिय बीमा कम्पनी लिमिटेड र कर्मचारी संचय कोषबीच सम्झौता भएको छ ।

कोषका संचयकर्ताहरुको औषधोपचार तथा घातक रोगको उपचारको लागि उक्त कम्पनीवाट बीमालेख जारी भईसकेको छ । सो बीमाको पुनर्बीमा समेत गर्नुपर्ने भएकोले राष्ट्रिय बीमा कम्पनी र नेपाल पुनर्बिमा कम्पनीबीच सम्झौता भएको हो । राष्ट्रिय बीमा कम्पनी लिमिटेड र नेपाल पुनर्बीमा कम्पनी बीच भएको ५० प्रतिशत पुनर्बीमा सम्झौता अनुसार बीमा शुल्क तथा बीमा दाबीमा दुबै कम्पनीको समान सहभागिता हुने छ ।

यो सम्झौताबाट सञ्चयकोषका छ लाख संचयकर्ता लाभान्वित हुनेछन् ।