December 24th, 2018

पाँच महिनामा एक खर्ब १२ अर्ब वैदेशिक सहायता प्रतिवद्धता, खर्च झन्डै ३३ अर्ब मात्रै

बैंकिङ खबर । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपाललाई एक खर्ब १२ अर्ब १३ करोड रुपैयाँको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त भएको छ। साउनदेखि मंसिरसम्ममा ९३ अर्ब ६९ करोड रुपैयाँ ऋण र १८ अर्ब ४४ करोड रुपैयाँ अनुदानको प्रतिवद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ । विभिन्न द्विपक्षीय र बहुपक्षीय दातृ निकायबाट यो प्रतिवद्धता प्राप्त भएको हो। 

यस्तै आर्थिक वर्षको पहिलो पाँच महिनामा २४ अर्ब ७४ करोड रुपैयाँ ऋण र ८ अर्ब २४ करोड रुपैया अनुदान परिचालन भएको छ। 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]