Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

राष्ट्रिय बीमा संस्थानमा जागीर खुल्यो, ३१ कर्मचारी माग

२०७५ पुष ६ गते

बैंकिङ खबर । राष्ट्रिय बीमा संस्थानमा जागीर खुलेको छ । संस्थानले सहायकदेखि व्यवस्थापकसम्मका लागि ३१ जना कर्मचारी मागेको छ । 

संस्थाले मागेको कर्मचारीमा नवौँ तहका व्यवस्थापक एक जना आठौं तहका सहव्यवस्थापक एक जना मागेको छ । यस्तै छैटौं तहका सहायक व्यवस्थापक १५ जना मागेको छ । यसमा खुला ८, महिला र आदिबासी जनजाती दुईदुई र मधेशी, अपाङ्ग, पिछडिएको क्षेत्रका एकएकजना मागेको छ । 

यस्तै चौथो तहको लागि १४ जना मागेको छ । यस्तो पदमा खुला ७, महिला, आदिवासि जनजाती, दलि र पिछडिएको क्षेत्रबाट एकएक जना र मधेशी ३ जना मागेको छ ।

इच्छुक उमेदवारले तोकिएको दस्तुर तिरेर आवश्यक प्रक्रिया पुराइ २१ दिन भित्र निवदेन दिनुपर्ने पनि संस्थानल जानकारी दिएको छ ।

संस्थालने खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने गरी यी कर्मचारी माग गरेको छ । संस्थानले लोकसेवा आयोगबाट सहमति लिएर कर्मचारी नियुक्त गर्न सार्वजनिक सूचना जारी गरेको हो ।