नेपाल राष्ट्र बैंकको निर्देशनमा वाणिज्य बैंक र फाइनान्स कम्पनीहरुले व्याजदर घटाइसकेका छन् । नेपाल राष्ट्र बैंकको निर्देशनमै नेपाल बैंकर्स संघले बिहीबार बैठक बसेर ब्याजदर घटाउने भद्र सहमति कायम गरेको थियो भने वित्त कम्पनी संघले शुक्रबार नै बैठक बसेर व्याजदर घटाएका थिए ।