December 21st, 2018

मुक्तिनाथ छोडेर कैलाश विकास बैंक पुगे तारा मानान्धर

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत(सीईओ) ताराप्रसाद मानन्धर कैलाश विकास बैंक पुगेका छन् । कैलाशमा पनि उनी डेपुटी सीईओ भएर गएका हुन् । उनी आठ महिनाअघि प्रभु बैंक छोडेर मुक्तिनाथ पुगेका थिए ।  
 
मानन्धर मुक्तिनाथ आउनुअघि प्रभु बैंकमा पनि डेपुटी प्रमुख कार्यकारी अधिकृत नै थिए। उनले प्रभु विकास बैंक हुँदै प्रभु बैंकसम्म आइसक्दा पाँच बर्ष विताएका थिए। उनको बैंकिङ क्षेत्रमा करिव १९ बर्षको अनुभव छ।

प्रभु बैंकमा जानुअघि उनले बिजिनेस युनिभर्सल बैंकमा एक बर्ष नायव महाप्रबन्धकका रुपमा काम गरेका थिए । नेपाल बंगलादेश बैंकबाट करियर सुरु गरेका उनले त्यसपछि एनसिसी बैंक हुँदै स्ट्यान्डर्ड चार्टर्ड बैंक गएका थिए।