बैंकिङ खबर / ब्याजदरमा अस्वस्थ प्रतिष्पर्धा बढेपछि नेपाल राष्ट्र बैंकले बैंकहरुलाई व्याज घटाउन निर्देशन दिएको छ । शुक्रबारबाटै बेंकहरुले व्याज घटाउने छन् । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालले राष्ट्र बेंकमै बोलाएर व्याज घटाउन निर्देशन दिएका हुन् । ब्याजदरमा अस्वस्थ प्रतिष्पर्धा देखिएपछि अर्थमन्त्रालयले राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठको नेतृत्वमा अध्ययन समिति बनाएको थियो । समितिले अर्थमन्त्रालयलाई प्रतिवेदन पनि बुझाइसकेको छ । भेटमा गभर्नर डा. चिरञ्जीवि नेपाल सहित डेपुटी गभर्नरहरु सहभागी थिए । डेपुटी गभर्नर श्रेष्ठका अनुसार राष्ट्र बैंकले ब्यक्तिगत निक्षेपकर्ताको मुद्दति खातामा ९.२५ प्रतिशत, संस्थागत मुद्धति खातामा ८.५, बचतमा ६.५ र कल डिपोजिट ४.५ प्रतिशत ब्याज दिन भनेको छ ।