Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेपाल पुनर्बीमा कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बीच सम्झौता 

२०७५ पुष ५ गते

बैंकिङ खबर । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच सम्झौता 
भएको छ । नेपाल सरकारले चालु आर्थिक वर्ष २०७५/०७६ को बजेट वक्तव्यबाट व्यवस्था गरे बमोजिम २० प्रतिशत प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको लागि सम्झौता सम्पन्न भएको हो । 

उक्त सम्झौतापत्रमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  विवेक झाले  हस्ताक्षर गरे