बैंकिङ खबर । गण्डकी विकास बैंकले पनि मर्जर तथा एक्विजिसनमा जाने संकेत गरेको छ । पुस २६ गते डाकेको ११औँ वार्षिक साधारणसभामा बैंकले उपयुक्त बैंक तथा वित्तीय संस्था एकआपसमा मर्जर वा एक्विजिसनमा जानका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव गरेको छ ।
त्यसैगरि सञ्चालक समितिले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई प्रस्ताव गरेको १४.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पनि अनुमोदन गर्नेछ । बैंकले चुक्ता पूँजी २ अर्ब ७५ करोडको १४.२० प्रतिशतले हुन आउने ३८ करोड ५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो ।
साधारण सभा प्रयोजनका लागि बैंकले पुस ११ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । जसअनुसार पुस १० गतेसम्म कायम शेयरधनीले मात्र बैंकको साधारण सभामा भाग लिन र नगद लाभांश प्राप्त गर्नेछन् ।