नेपाल चामल तेल दाल उद्योग संघका अध्यक्ष तथा वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुबोधकुमार गुप्ताको नेतृत्वमा गएको टोलीले अर्थमन्त्रालय पुगेर मुलुकको वर्तमान आर्थिक एव उद्योग–व्यापारका सम्बन्धमा अवगत गराएको थियो।
टोलीले बैंकको ब्याजदर बृद्धिले गर्दा उद्योग व्यापारमा परेको असर, कृषिजन्य वस्तुहरुको आयातमा भएको बढोत्तरी, कृषिलाई व्यवसायीकरण गर्न अवलम्बन गर्नु पर्ने नीति एवं समग्र उद्योग, व्यवसायको अवस्था लगायतमा सुधारको माग गरेको छ ।
अर्थमन्त्री खतिवडाले बैंकको ब्याजदरमा स्थिरता ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।