December 17th, 2018

युनाईटेड इन्स्योरेन्सद्धारा बीमाको रकम भुक्तानी 

बैंकिङ खबर । युनाईटेड इन्स्योरेन्सले मृतक बिमितको परिवारलाई बीमा रकम हस्तान्तरण गरेको छ । गुल्मी जिल्ला धुर्कोट गाउपालिका वडा नं. ३ निवासी जीप चालक शेर बहादुर थापाले लु. १ ज ३५०३ नम्बरको जीप सन्धिखर्कबाट हंशपुरका लागी लिएर जाँदै गर्दा गत कात्तिक ६ गते मालारानी गाउपालिका वडा नं. ५ घाटखोला अर्घाखाँचीमा उक्त जीप दुर्घटना हुँदा घाइते भएका थिए । उपचारको क्रममा उनको मूत्यु भए पश्चात उनकी श्रीमति कल्पना थापाले बीमा रकम दावी भुक्तानीका लागी जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकी थिईन् ।

कम्पनिको नियमानुसार भुक्तान गर्नुपर्ने जम्मा रकम पाँच लाख रुपैयाँ बराबरको चेक एक कार्यक्रमका बीच अर्घाखाँची जिल्लाका सहायक प्र.जि.अ. विष्णु प्रसाद बेल्बासे, कम्पनिका अर्घाखाँची शाखा प्रमुख दिनानाथ गौतम र देउराली यातायात व्यवसायी समीति अध्यक्ष योगेन्द्र ब. खड्काले संयुक्त रुपमा हस्तान्तरण गरे ।

उक्त कार्यक्रममा प्राइम लाइफ इन्स्योरेन्स क.लि. का कार्यालय प्रमुख नारायण घिमिरे, प्रभु बैंक लि शाखा प्रमुख मनोहर पौडेल, मेगा बैंक लि का शाखा प्रमुख किरण घिमिरे, जनता बैंक लि शाखा प्रमुख दधिराम बेल्बासे लगाएतका विभिन्न संघ संस्थाका शाखा प्रमुख हरुका साथमा युनाइटेड इन्स्योरेन्स कम्पनिका कर्मचारीहरु सुदन खड्का र सुनिता क्षेत्रीको उपस्थिती रहेको थियो ।