Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

लक्ष्मी लघुवित्तको २६.३२ प्रतिशत लाभांश पारित, मर्जरका लागि बाटो खुल्ला

२०७५ पुष २ गते

बैंकिङ खबर । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि २६.३२ प्रतिशत नगद लाभांश दिने भएको छ । संस्थाको पौष १ गते सम्पन्न सातौ वार्षिक साधारण सभाले कर प्रयोजनका लागि समेत गरी २६.३२ प्रतिशत नगद लाभाश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । २४ करोड २० लाख चुक्ता पुँजी रहेको कम्पनीले छ करोड ३८ लाख ८४ हजार दुई सय ११ रुपैयाँ नगद लाभांश दिने भएको हो । 

त्यस्तै, संस्थाको प्रवन्धक पत्र नियमावलीमा आवश्यक संसोधन गर्न र अन्य इजाजतपत्र प्राप्त घ वर्गका लघुवित्त वित्तीय संस्थालाई मर्जरमा लैजान उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक कार्य अगाडि बढाउन सञ्चालक समिति वा तोकेका ब्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव समेत साधरण सभाले पारित गरेको छ । 

उक्त साधरण सभामा लेखापरिक्षण समितिले सिफारिस गरे बमोजिम आ.व. २०७५/७६ को लागि लेखापरिक्षण गर्न लेखापरीक्षक नियुक्त गर्न एबम् निजको पारिश्रमिक निर्धारण गर्न साधारण सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।
साधारण सभामा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको समेत निर्वाचन हुने कार्यक्रम रहेकोमा उक्त निर्वाचन कार्यक्रममा बहालवाला सञ्चालक श्रीमती सविना उपाध्याय र गणेश भट्टराई थप कार्यकालको लागि निर्विरोधरुपमा चयन भएका छन् । 
हाल संस्थाले देशभर ४७ जिल्लाहरुमा ६२ वटा शाखा कार्यालयहरु मार्फत ७२ हजार ग्राहक सदस्यहरुलाई प्रत्यक्ष रुपमा सेवा दिँदै आइरहेको छ । त्यस्तै गरी संस्थाले ३ अर्व भन्दा बढी कर्जा लगानी गरेको छ भने आफ्ना ग्राहक सदस्यहरुबाट १ अर्व भन्दा बढी बचत संकलन समेत गरेको छ ।


 

Ad