बैंकिङ खबर । यतिबेला चार वटा कम्पनीले हकप्रद सेयर निष्काशन गरिरहेका छन् । किसान माइक्रोफाइनान्स, महुली सामुदायिक लघुवित्त, एभरेष्ट इन्स्योरेन्स र नाडेप लघुवित्तले हकप्रद सेयर निष्काशन गरिरहेका छन् :
किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले मंसिर २ गतेदेखि चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन गरेको छ । पुस ८ गतेसम्म निष्काशन खुला रहने सेयरमा कात्तिक १२ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन पाउनेछन् । यसका लागि सिभिल क्यापिटल मार्केटलाई हकप्रद शेयर निष्काशनको बिक्री प्रबन्धक तोकिएको छ । हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय, मेरो शेयर तथा सिभिल क्यापिटल मार्केट सुन्धारा, किसान माईक्रोफाइनान्सको सम्पूर्ण शाखाहरु, तथा सिभिल बैंकको विराटनगर, पोखरा, नेपालगञ्ज, विरगञ्ज, नारायणघाट र बुटवल शाखा मार्फत आवेदन गर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ ।
महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको छ । पुष १६ गतेसम्म निष्काशन हुने सेयरमा कात्तिक २७ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । धितोपत्र बोर्डबाट आस्वा सदस्य अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा मेरो सेयर मार्फत उक्त सेयरमा आवेदन दिन पाइनेछ । यसबाहेक, सनराइज क्यापिटल कमल पोखरी तथा माहुली लघुवित्तको सबै शाखा कार्यालयबाट समेत हकप्रद आवेदन फारम बुझाउन सक्ने व्यवस्था छ ।
एभरेष्ट इन्स्योरेन्स कम्पनीले संस्थापक सेयरधनीका लागि १०५ प्रतिशत अर्थात १ः१.०५ को अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । पुष २२ गतेसम्म निष्काशन खुला रहने सेयरमा कात्तिक २६ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । एभरेष्ट इन्स्योरेन्सका शाखा कार्यालय, सिद्धार्थ क्यापिटल नक्साल र धितोपत्र बोर्डबाट आस्वा सुविधाको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट हकप्रदका लागि आवेदन दिन पाइनेछ ।
नाडेप लघुवित्तले मंसिर ६ गतेसम्म कायम सेयरधनीहरुको लागि चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गरेको छ । पुष २९ गतेसम्म निष्काशन हुने हकप्रदको निष्काशन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधा प्रदान गर्न अनुमति प्राप्त सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन पाइनेछ । साथै नविल इन्भेष्टमेन्ट बैंकिङ नारायणचौर नक्साल र संस्थाको केन्द्रिय तथा शाखा कार्यलयहरुबाट पनि आवेदन दिन पाइनेछ ।