December 16th, 2018

२० कम्पनीको दुई अर्बबढीको आईपिओ पाइपलाइनमा

बैंकिङ खबर । २० जना कम्पनीहरु आईपिओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डको अनुमति कुरिरहेका छन् । कुल दुई अर्ब ३१ करोड पाँच लाख ६३ हजार एक सय रुपैयाँ बराबरको दुई करोड ३१ लाख पाँच हजार छ सय ३१ कित्ता सेयर पाइपलाइनमा रहेको छ । 

सेयर जारी गर्न अनुमतिको पर्खाईमा रहेका अधिकांश जलविद्युत् कम्पनी रहेका छन् । कुल सेयरमध्ये, नौ कम्पनीको ९४ लाख ८९ हजार चार सय ९५ कित्ता सेयर प्रारम्भिक समीक्षामा रहेका छन् । 

समीक्षा गरेर टिप्पणी पठाइएको सेयर ५६ लाख ५० हजार चार सय ५० कित्ता रहेको छ । तीन वटा कम्पनीले उक्त अनुपातमा सेयर जाने गर्ने अनुमति माग गरेका छन् । 
 
पाँच वटा कम्पनीको ६२ लाख ३७ हजार छ सय ८६ कित्ता सेयरको प्रारम्भिक समीक्षा समेर बोर्डले दोस्रो चरणको समीक्षा थालेको जनाएको छ ।

बाँकी तीन वटा कम्पनीको १७ लाख २८ हजार कित्ता सेयरका लागि अपुग भएका केही प्रक्रियाहरु पूरा गर्नका लागि बोर्डले अनुरोध गरेकोमा सोको रिप्लाई आउन बाँकी छ ।