December 16th, 2018

राजस्व सचिवमा लालशंकर घिमिरे, शिशिर ढुंगानालाई प्रम कार्यालयमा सारियो

बैंकिङ खबर । सरकारले अर्थमन्त्रालयको राजस्व सचिवमा लालशंकर घिमिरेलाई ल्याएको छ । यसअघि राजस्व सचिव रहेका शिशिर ढुंगानालाई सरुवा गरेर प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पठाइएको छ । 

राजश्व सचिव बनेर आएका घिमिरे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा कार्यरत थिए । उनी अर्थमन्त्रालयको बैदेशिक सहायता महाशाखा प्रमुखमा लामो समय काम गरेका थिए । 

अर्थमन्त्रालयमा दुई सचिव रहने व्यवस्था छ । अर्थसचिवको रुपमा राजन खनाल कार्यरत रहेका छन् ।