बैंकिङ खबर । माइबेनी जलविद्युत् आयोजनामा नेपाल एसबिआई बैंक र सिद्धार्थ बैंकले एक अर्ब ८६ करोड ऋण लगानी गर्ने भएका छन् । कूल नौ मेगावाट क्षमताको सो आयोजनामा बैंकले कूल लगानीको ७५ प्रतिशत र प्रवद्र्धकले २५ प्रतिशत लगानी गर्ने भएका हुन् ।
आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले वर्षामा चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ८० पैसामा खरीद गर्ने सम्झौता भइसकेको छ ।
इलाममा आयोजनास्थल रहेको सो आयोजनाबाट उत्पादित विद्युत् इलामको गोदक सवस्टेशनमा जोडिनेछ । आयोजनाबाट वार्षिक पाँच करोड ३२ लाख युनिट बिजुली उत्पादन हुनेछ ।