Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नयाँ लगानीकर्ताको प्रवेशसँगै नारायणी डेभलपमेन्ट बैंकमा सुधार, समस्याग्रस्तबाट फुकुवा माग

२०७५ पुष १ गते

बैंकिङ खबर । नयाँ सेयर लगानीकर्ताको प्रवेशसँगै समस्याग्रस्त घोषित नारायणी डेभलपमेन्ट बैंकमा सुधार आउन थालेको छ । बैंकले आर्थिक बर्ष २०७३।७४ र ०७४।७५ को बार्षिक साधारणसभा गरेको छ । साधारण सभाले सेयर संरचना परिवर्तन गरि संस्थापक सेयर स्वामित्वलाई ७० प्रतिशतबाट ५१ प्रतिशतमा ल्याउने र सर्वसाधारण सेयर स्वामित्व ३० प्रतिशतबाट ४९ प्रतिशत पुर्याउने निर्णय गरेको छ ।

नयाँ शेयरधनी छिरेसँगै नौं महिनाअघि नयाँ सञ्चालक समिति गठन भएको थियो । बैंकको संचालक समितिले बैंकको अवस्थालाई सुधार गरी बित्तीय सुचकांकहरु क्रमशः सकारात्मक बनाउँदै लगेको जनाएको छ । पुँजी कोष अनुपात सुधार आएसँगै बैंकले समस्याग्रस्त वित्तीय संस्थाको सुचिबाट फुकुवा गर्न राष्ट्र बैंकमा निवेदन समेत दिइसकेको छ । समस्याग्रस्त वित्तीय संस्थाको सुचिवाट फुकुवा भएपछि बैंकले कारोबार सुरु गर्ने छ ।

Ad