December 14th, 2018

मर्जरको मूख्य एजेण्डासहित माछापूच्छ्रे बैंकले डाक्यो साधारणसभा, व्यवसाय विस्तार गरिने

बैंकिङ खबर । माछापुच्छ्रे बैंकले मर्जर÷प्राप्तीलाई मूख्य एजेण्डा बनाएर २०औँ वार्षिक साधारणसभा डाकेको छ । पुस २० गते विहान हुने साधारणसभामा बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुलाई गाभ्ने/गाभिने तथा वैदेशिक रणनीतिक साझेदारीमा जान सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्ने र सो सम्बन्धि आवश्यक निर्णय गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव राखिएको छ । 

यसबाहेक, बैंकले आफैं वा सहायक कम्पनी स्थापना गरि बीमा व्यवसाय (जीवन तथा निर्जीवन), भेञ्चर क्यापिटल/प्राइभेट इक्वीटीरहेज फण्ड, क्रेडिट रेटिङ्ग, स्टक ब्रोकर, मर्चेन्ट बैंक, वित्तीय प्रविधि (फिन्टेक) लगायतका कार्यहरु गर्नका लागि आवश्यक प्रकृया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि गरेको छ । 

चुक्तापुँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्ने संचालक समितिको प्रस्ताव पनि साधारणसभाले पारित गर्नेछ भने सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना महिला तथा संस्थापक सेयरधनीको तर्फबाट तीनजना गरि ४ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ ।

बैंकले लाभांश वितरण र साधारणसभा प्रयोजनका लागि पुस ६ गतेदेखि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । यसअनुसार पुस ५ गतेसम्म कायम रहने शेयरधनी मात्र लाभांश प्राप्त गर्न र सभामा प्रतिनिधित्व गर्न पाउनेछन् ।