December 13th, 2018

सरकारद्धारा कृषकको ऋण मिनाहा, धितो पनि फुकुवा हुने

बैंकिङ खबर । सरकारले कृषि विकास बैंकबाट ऋण लिएका किसानको ऋण मिनाह गरेको छ । सोमबारको मन्त्रीपरिषद्को बैठकले बजेटमा उल्लेख भए अनुसार तत्कालिन साना कृषि सहकारी बाट ऋण लिएका किसानको ऋण मिनाह गर्ने निर्णय गरेको हो । जसअनुसार, किसानले लिएको २९ करोड ३९ लाख रुपैयाँ बराबरको ऋण मिनाह भएको छ । यसबाट ६ सयदेखि ७ सय परिवार लाभान्वित हुनेछन् ।

ऋण मिनाहसँगै ऋण तिर्न नसकेर धितो बन्धक भएका किसानको धितो समेत फुकुवा हुने छ ।