बैंकिङ खबर । हालसम्म आर्थिक बर्ष २०७४/०७५ को नाफाबाट १५ वटा वाणिज्य बैंकहरुले लाभांश घोषणा गरेका छन् । सँधै लाभांश घोषणामा अगाडी रहने नबिल बैंकलाई पछाडी छोड्दै गत आर्थिक बर्षको मुनाफाबाट लाभांश घोषणामा नेपाल इन्भेष्टमेन्ट बैंक अगाडी लागेको छ । बैंकले २२ प्रतिशत नगद लाभांश र १८ प्रतिशत बोनस सेयर गरी ४० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । त्यस्तै नेपाल इन्भेष्टमेनट बैंकलाई पछ्याउँदै नबिल बैंकले ३४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले २२ प्रतिशत नगद र १२ प्रतिशत बोनस सेयर गरी ३४ प्रतिशतको लाभांश प्रस्ताव गरेको हो ।
सबैभन्दा थोरै लाभांश सिटिजन्स बैंकको
गत आर्थिक बर्षको मुनाफाबाट लाभांश घोषण गरेका १५ वटा बैंकमध्ये सबैभन्दा थोरै लाभांश सिटिजन्स बैंकले दिने भएको छ । बैंकले आफ्ना सेयरधनीलाई १.६४ प्रतिशत नगद र ३.६३ प्रतिशत सेयर गरी ५.२७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।