बैंकिङ खबर । केन्द्रीय कार्यालय स्याङ्जाको वालिङस्थित कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका नव नियुक्त अध्यक्ष बासुदेव पौडेलले मंगलबार शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंक पोखरा निर्देशक पोमनाथ गौतम समक्ष अध्यक्ष पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
सञ्चालक समितिमा निवर्तमान अध्यक्ष ई. विष्णु प्रसाद पौडयालले राजिनामा दिएपछि रिक्त रहेको अध्यक्ष पदमा सञ्चालक समिति सदस्य बासुदेव पौडेल सर्वसम्मत चयन भएका हुन् । आगामी साधारण सभासम्मको लागि पौडेल अध्यक्षको रुपमा चयन भएका हुन् ।
सपथ ग्रहण कार्यक्रममा सञ्चालक समितिका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।