December 11th, 2018

पुँजी बजारमा मार्केट मेकरको खोजी

बैंकिङ खबर । नागरिक लगानी कोषलाई मार्केट मेकरको रुपमा पुँजी बजारमा काम गराउने विषयमा छलफल सुरु भएको छ । पुँजी बजार र मुद्रा बजारको समस्या समाधानका लागि सुझाव दिन गठित समितिको मंगलबार बसेको दोस्रो बैठकले यस विषयमा छलफल गरेको हो । मार्केट मेकरको भूमिकामा कुनै पनि संस्था नहुँदा बजारमा भइरहेको उतारचढावबाट लगानीकर्ता आत्तिएकाले कोषलाई त्यसको भूमिकामा काम गराउने विषय छलफलमा उठेको थियो । यद्यपि, यस विषयमा कुनै निर्णय भने भइसकेको छैन ।

त्यस्तै, बैठकमा बैंक तथा वित्तीय संस्थालाई सेयर ब्रोकरको लाइसेन्स दिने विषयमा पनि छलफल भएको थियो ।  बैंक तथा वित्तीय संस्थाको ब्याजदर वृद्धि नियन्त्रण गर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो । समितिले यी विषयमाथि छलफल गरी तोकिएको अवधिमा प्रतिवेदन तयार गर्ने गरी काम गरिरहेको बताइएको छ ।