संस्थानले प्रत्येक राष्ट्र सेवकको २ लाख रुपैयाँ बराबरको बीमा गर्नेछ । जस बापत विमित राष्ट्र सेवकले प्रत्येक बर्ष ९ हजार ६ सय रुपैयाँ बीमाशुल्क भुक्तानी गर्नुपर्नेछ । जसमध्ये सम्बन्धित संस्थाले आधा र आधा रकम स्वयंम विमित राष्ट्रसेवकले भुक्तानी गर्नुपर्नेछ । जसमा बीमा योजनाको अवधि २० बर्षको हुनेछ ।
हाल नागरिक लगानीकोषले राष्ट्र सेवकको जोखिम ग्रहण गर्दै आईरहेको छ । कति संख्यामा राष्ट्र सेवक छन् भन्ने विषयमा एकिन भएको छैन् । कोषले आवश्यक कागजपत्र बुझाएपछि कति जना राष्ट्रसेवकको बीमा हुने भन्ने कुरा स्पष्ट हुनेछ । बीमा चालु योजनाले चालु आवको साउनबाट नै जोखिम बहन गर्नेछ ।