December 10th, 2018

गणपति माइक्रोफाइनान्सको दोस्रो वार्षिकोत्सव : ४५ वृद्धवृद्धालाई सहयोग

बैंकिङ खबर । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले मंसिर २४ गते आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ । 

वार्षिकोत्सवको उपलक्ष्यमा संस्थाले राधा कृष्ण वृद्धा आश्रममा रहेका ४५ जना वृद्धा आमा, बुवा तथा १८ जना गुरुकुलका बटुकहरुलाई खाना खुवाई, प्रत्येक बटुकहरुलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ ।

हाल संस्थाले १४ जिल्लामा २४ वटा शाखा कार्यालयहरु मार्फत जम्मा ११,७८५ घर परिवारमा वित्तीय सेवा पुर्योउदै आइरहेको छ ।