December 9th, 2018

सिद्धार्थ बैंकको साढे २२ लाख कित्ता ऋणपत्रको निष्काशन सुरु

बैंकिङ खबर । सिद्धार्थ बैंक लिमिटेडले सात वर्षे अवधिको “१०.५५ एसबिएल डिवेन्चर २०८२” निष्काशन गरेको छ । बैंकले साढे दश प्रतिशत ब्याजदरमा दुई अर्ब २५ करोडको ऋणपत्र निष्काशन गरेकोे हो । प्रतिकित्ता एक हजार मूल्यको उक्त ऋणपत्रमा छिटोमा मंसिर २६ गते र ढिलोमा पुस २३ गतेसम्म आवेदन दिन पाइनेछ । 

इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्प्रर्ण सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत उक्त ऋणपत्रमा आवेदन दिन सक्नेछन् । न्यूततम २५ कित्ताको २५ हजारदेखि अधिकतम एक लाखकित्ताको लागि १० करोड रुपैयाँसम्मका आवेदन गर्न सकिनेछ । ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

सिद्धार्थ बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यमा २२ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गरेको हो । निष्काशित ऋणपत्रमध्ये २० प्रतिशत अर्थात ४५ करोड रुपैयाँ सर्वसाधारणका लागि र ८० प्रतिशत अर्थात एक अर्ब ८० करोड रुपैयाँ व्यक्तिगत तबरबाट बिक्री हुनेछ ।