बैंकिङ खबर । बैंकर्स संघको कार्य समिति सदस्यमा तीन बैंकका प्रमुख कार्यकारी अधिकृत निर्विरोध निर्वाचित भएका छन् । संघको ३२ औँ वार्षिक साधारणसभाबाट सिभिल बैंकका गोबिन्द गुरुङ्ग, ग्लोबल आइएमई बैंकका जनक शर्मा पौडेल र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा सदस्य निर्वाचित भएका हुन् । समितिको रिक्त पदमा यी तीन जनाको मात्रै उम्मेदवारी परेको थियो ।
त्यस्तै, संघको कार्यकारिणी समितिको अध्यक्षमा नेपाल बङ्गलादेश बैंकका सिईओ ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले निरन्तरता दिएका छन् भने निवर्तमान अध्यक्षमा नविल बैंकका सिइओ अनिल केशरी शाह रहेका छन् । समितिको उपाध्यक्षमा नेपाल एसेबिआई बैंकका सिईओ अनुकुुल भट्नागरको नै निरन्तरता रहेको संघले जानकारी गराएको छ । त्यसैगरी समितिको सदस्यमा प्रभु बैंकका अशोक शेरचन, नेपाल इनभेष्टमेन्ट बैंक ज्योती प्रकाश पाण्डे, कृषि विकास बैंकका लिला प्रकाश सिटौला, एन.सि.सि बैंकका रमेश राज अर्याल र नव निर्वाचित सदस्यहरु रहेका छन् । संघको सल्लाहकारमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर ज.ब. राणा छन् ।
संघले एभरेष्ट बैंकका अध्यक्ष बि.के. श्रेष्ठलाई सम्मान गरेको छ । विगत २६ वर्षदेखि बैंकिङ्ग क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै श्रेष्ठलाई सम्मान गरेको संघले बताएको छ ।