December 6th, 2018

बैंकले ब्याज बढाउनु गलत कार्य : गभर्नर

बैंकिङ खबर / बैंकहरुले निक्षेप संकलनमा ब्याज बढाउँदा अर्थमन्त्री र गभर्नर असन्तुष्ट भएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले वाणिज्य बैंकले निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धा गरेर बैंकहरुले गलत गरेको बताए । नेपाल बैकर्स संघको कार्यक्रममा विहीबार गभर्नर नेपालले यस्तो बताएका हुन् । उनले स्थानीय तहको रकम निक्षेपमा देखाउन मिल्ने व्यवस्था गरेको लगत्तै ब्याजदर बढाउने प्रतिस्पर्धा गर्नु उचित नभएको उल्लेख गरे । उनले राष्ट्र बैंकले यसबारे केही एक्सन लिनसक्ने संकेत पनि गरे । बैकर्स संघले व्यक्तिगत तर्फको मुद्दती निक्षेपमा भद्र सहमति तोडेपछि बैंकहरुले निक्षेप संकलनमा ब्याजदर बढाउन थालेका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]